Sunday, May 22, 2011

अलौकिक गुफा अलपेश्वर



पर्वत जिल्लाको सदरमुकाम कुश्मा-बजारदेखि आठसय मिटर पूर्वतर्फ रहेको अलपेश्वर गुफा धार्मिक र पर्यटीय हिसावले उत्तिकै महत्वपूर्ण छ । कुश्मा नगारपालीकाको कटुवा चौपारीमा पर्ने अलपेश्वर गुफा ज्ञादी कुश्मा झोलुङ्गेपुलबाट १५ मिनेटमा पुग्न सकिन्छ । निकै अग्लो र रमणीय झोलुङ्गेपुलको साथमा रहेको गुफा पर्यटकीय गन्तव्य हो । गुफाभित्र भगवनका मुर्तीहरु, भगवानका बाहनहरु, कमल फूलको आकार, गाईका थुनहरू, लगायत विभिन्न आकर्षक आकृतिहरू देख्न पाइन्छ । गुफाभित्र कतिपय ठाउँमा गाईका थुनबाट दुध जस्तै सेतो पानी समेत झरिरहेको देख्न सकिन्छ । गुफामा नाग आकारका थुप्रै मुर्तीहरु समेत देख्न सकिन्छ । स्थानीय चिन्नेखोला यसै गुफामा अलप हुन गएकोले गुफाको नाम नै अलपेश्वर राखिएको हो । चिन्नेखोला मोदीखोलामा र मोदी र काली मिसिएर बनेको मोदीबेनीबाट  कालीगण्डकी नदी विशाल बनेको छ । गुफाको भित्र ठाउँ ठाउँमा भर्‍याङहरू राखिएका छन् ।



No comments:

Post a Comment